Showing posts with label SAARC Vehicle. Show all posts
Showing posts with label SAARC Vehicle. Show all posts

Tuesday, November 18, 2014

सार्कका लागि काठमाडौँ भित्रिए गाडी

नेपाल सरकारले आसन्न सार्क शिखर सम्मेलनलाई ध्यानमा राखी भारतबाट ३२ वटा साना सुविधायुक्त सवारीसाधन भाडामा ल्याएको छ ।

भारतबाट ल्याउने क्रममा सोमबार बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयमा आएका ती साना सवारी आज बिहान १० बजे सुरक्षासहित काठमाडौँ प्रस्थान गरेका छन् ।

नेपाल प्रवेशसँगै सरकारी नम्बर प्लेट लगाएर बिएमडब्लु र मर्सिडिज कम्पनीका ती सवारीसाधन प्रहरीको सुरक्षामा काठमाडौँ पठाइएको छ । प्रहरीले भैरहवा भन्सार कार्यालयबाटै सुरक्षा दिएको छ ।

- See more at: http://www.hamrakura.com/175862.html#sthash.Nl6g1ryU.lwpZTkH6.dpuf

Sunday, November 16, 2014

SAARC Vehicle Headed Towards Kathmandu

32 vehicles for SAARC Summit in Kathmandu, Nepal is headed from New Delhi, India.
News on Ekantipur:


नयाँ दिल्ली, मंसिर १ - आगामी साताबाट सुरु हुने सार्क शिखर सम्मेलनमा सार्क मुलुकबाट आएका परराष्ट्र मन्त्रीसहित विशिष्ट पधाधिकारीका लागि प्रयोग गरिने ३२ वटा गाडी दिल्लीबाट कानपुर–गोरखपुर हुँदै काठमाडौं प्रस्थान गरेका छन् ।

नेपाली दुतावासमा सुरक्षा मामला हेर्ने काउन्सेलर (एसएसपी) राजेन्द्रमान श्रेष्ठको सुरक्षा–संयोजनसहित आइतबार बिहान दिल्लीबाट छुटेका गाडी सोमबार राति गोरखपुर पुग्ने र मंगलबार अपरान्ह काठमाडौं पुग्ने जनाइएको छ । काउन्सेलर श्रेष्ठका अनुसार मर्सिडिज बेन्ज तथा बीएमडब्लु गाडीहरु सात दिनसम्म अतिथी प्रयोजनमा प्रयोग गरेपछि दिल्ली फर्काइनेछ ।

गाडी सेवा–सुविधा र लजिष्टिकबारे निर्णय गर्न दुई साताअघि परराष्ट्र सहसचिव खगनाथ अधिकारी दिल्ली आएका थिए । उक्त निर्णयअनुसार सार्क सम्मेलन प्रयोजनमा ३२ वटा मर्सिडिज÷बीएमडब्लु भाडाशर्तमा र ६ वटा बुलेट–प्रुफ बिशेष गाडी पैंचोस्वरुप काठमाडौं लगिने भएको थियो । यीमध्ये बुलेट–प्रुफ गाडी एयर–कार्गोबाट चार दिनअघि काठमाडौं लगिएको छ ।

भारतीय विदेश मन्त्रालयको समन्वयमा निजी क्षेत्रबाट लगिन लागेका ३२ गाडीको ११ दिनको प्रयोगबापत १ करोड ३५ लाख भारु ‘भाडाखर्च’ लाग्नेछ । यसबाहेक, नेपाली भूमीमा नेपाली चालकले यी गाडी कुदाउने प्रबन्धमा बिमा÷सुरक्षाबापत थप खर्च लाग्न सक्ने देखिएको छ । निजी क्षेत्रबाट लगिने गाडीका हकमा पनि भारत सरकारले ‘आवश्यक समन्वय’ गरिदिएकाले यसमा ‘बिडिङ’ लगायतका प्रकृयामा लाग्नु जरुरी नरहेको दुतावासका एक अधिकारीले बताए ।
Related Posts Plugin for WordPress, Blogger...